अज्ञात समूहले आगो लगाउँदा तीन घर खरानी

मुगु साउन २० । खत्याड गाँउपालिका–३ जाम गाँउको बजार क्षेत्रमा आइतबार राति अज्ञात समुहले आगो लागाउदा तीन घर पुर्णरुपले ध्वस्त भएका छन् ।

आइतबार राति १२ बजे खत्याड गाँउपालिका–२ जाम गाँउको बजार क्षेत्रमा रहेका सोही वडाका वडा अध्यक्ष लालबहादुर मल्लको घरमा अज्ञात समुहले आगो लगाउदा मल्लको घरसँगै जोडिएका अन्य दुई घर गरी तिन घर पुर्णरुले ध्वस्त भएका हुन् ।

वडाध्यक्ष मल्लको तीन तल्लाको पक्की घरमा आइतबार राति १२ बजे घरमा सालो सुतिरहेका बेला मुल ढोका बन्द गरेर झयाल र ढोकामा पेट्रोल र मट्टितेल छर्केर अज्ञात समुहले आगो लगाएको वडा अध्यक्ष मल्लले जानकारी दिए । वडाध्यक्ष मल्लका अनुसार अफनो घरबाट सल्लकेको आगोले संगै जोडिएका सोही गाँउपालिका–१ का पदमबहादुर बुढा र सोही गाँउपालिका–२ का टक्कबहादुर मल्लका काठले निमार्ण गरेका दुई तल्लाका घर ध्वस्त भएका छन् । मल्लले आफनो दुई तल्लाको घरमा होटल संचालन गरेका थिए भने तेस्रो तल्लामा सोही वडाको वडा कार्यालय रहेको थियो । पदमबहादुर बुढाले आफनो स्टेसनरी पसल स¬चालनन गरेका थिए भने अर्का टक्कबहादुर मल्लले मोबाईल पसल राखेका थिए ।

मल्लकै जानकारी अनुसार अज्ञात समुहले लगाएको आगजनीबाट आफनो होटलको र घरको गरी २ करोड ५० लाख बराबरको क्षेति भएको र वडा कार्यालयको ल्यापटप लगाएत अन्य सामग्री गरी १० लाख बराबरको क्षति भएको छ । घरमा सुतिरहेका मल्लका साला सेरबहादुर पुन आगो लाग्दै गर्दा तेस्रो तल्लाबाट हाम फाल्दा घाईते भएका छन् । मल्लको घरसँगै जोडिएको टक्क बहादुर मल्लको २५ लाख र अर्का पदम बहादुर बुढाको ७ लाख बरारको क्षेति भएको मल्लले जानकारी दिए ।

आफनो घरायसी कामले आफु र आफनो पत्नि सुर्खेतमा रहेको र गाँउमा मोबाइलको नेटर्वक राम्रो संगकाम नगर्ने भएकाले अझ बढी क्षेति भएको हुनसक्ने वडाध्यक्ष मल्लले बताए । राति १२ बजे आगोलागी भएको जानकारी श्रीकोट प्रहरी चौकिले जिल्ला प्रहरी कार्यालयलाई जानकारी दिएको हो । आगो राति ३ बजे नियन्त्रणमा आएको थियो श्रीकोट प्रहरी चौकिबाट पाँच जना प्रहरी उद्धारमा खटिएका भएपनी सोमबार बिहान ५ बजे जिल्ला प्रहरी कार्यालयका प्रहरी ईनेस्पेटर लालबहादुर ऐर को कमाण्डमा १० जना र शस्त्र प्रहरी ४५ बाहिनी को गुल्मबाट शस्त्र प्रहरी ईनेस्पेटर जयबहादुर महतको कमाण्डमा १३ जना सुरक्षाकर्मि घटना स्थलतर्फ गएको छन ।

उक्त स्थान सदरमुकामगमढीबाट ६ घण्टा टाढा पर्ने भएकाले घटना कसको सन्लग्नता हो अनुसन्धानपछी मात्र जानकारी हुने जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी राजेन्द्रबाबु रेग्मीले बताए । गोरखापत्रदैनिकबाट

कमेन्ट गर्नुहोस्