धनगढीमा अटो र जीप ठोक्किँदा ३ जना गम्भीर घाइते

धनगढी, साउन २० । कैलालीको धनगढीमा निर्माणाधीन ६ लेन सडकमा सोमबार विहान अटो र जीप ठोक्किँदा तीन जना गम्भीर घाइते भएका छन् ।

ना ३ स ५५६६ नम्बरको अटो र से १ च ८२३ नम्बरको ग्यास सिलिण्डर बोकेको जीप एक आपसमा ठोक्किँदा अटोमा सवार तीन जना घाइते भएका हुन् ।

घाइते हुनेमा जनकलाल डङ्गौरा, उर्मादेवी डङ्गौरा र रुपादेवी चौधरी रहेका छन् । उनीहरुको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा चार जना सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । जीप चालक तारासिंह साउँदलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्