Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

हावाहुरी पीडितका लागि ग्लोबल आईएमई बैंकद्वारा एकलाख सहयोग

धनगढी, साउन २० । जेठ २३ गते आएको हावाहुरी पीडितहरुलाई राहत वितरणका लागि ग्लोबल आईएमई बैंकले सोमबार सहयोग गरेको छ ।

ग्लोबल आईएमई बैंकका प्रदेश कार्यालय प्रमुख महेन्द्र अधिकारीले धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र प्रमुख प्रशासकीय अधिकृत नारायण प्रशाद सापकोटालाई हावाहुरी पिडितका लागि भन्दै १ लाखको चेक हस्तान्तरण गरेका हुन् ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले हावाहुरीको घाउमा मलम लगाउनका लागि सहयोग गर्ने ग्लोबल आईएमई बैंक प्रति आभारी भएको बताए । उनले भने, सबै सहयोगी हातहरुलाई धन्यवाद दिन चाहन्छु । प्राप्त रकम विपदमा परेकाहरुलाई उपलब्ध गरिने बताए ।

ग्लोवल आईएमई बैंकका प्रदेश कार्यालय प्रमुख महेन्द्र अधिकारीले विपदमा परेकाहरुलाई सहयोग गर्नु सबैको दायित्व भएको बताए । मानवीयता र सामाजिक उत्तरदायीत्वका क्षेत्रमा ग्लोवल आईएमई बैंक बैंकले सधै सहयोग गर्ने बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: