पूर्व युवराज्ञी हिमानी शाहद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं, साउन २० । पूर्व युवराज्ञी हिमानी शाहले सोमबार बिहान पशुपतिनाथको दर्शन गरेकी छिन् । पूर्व युवराज्ञी शाहले साउने सोमबारको अवसर पारेर श्रावण २० गते बिहानै पशुपतिनाथको दर्शन गरेकी हुन् ।

छोरी पूर्णिका र छोरा हृदयन्द्रका साथ पशुपतिनाथ पुगेकी उनले करिब २० मिनेट मन्दिरभित्र पूजा आराधना गरेकी थिइन्। साउने सोमबार व्रत बसे शिवजी प्रशन्न हुने र मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ ।

कमेन्ट गर्नुहोस्