विप्लव समूह रामेछापका इन्चार्जसहित ३ जना पक्राउ

काभ्रे, साउन २० । प्रतिबन्धित नेकपा माओवादी विप्लव समूह रामेछाप जिल्लाका इन्चार्ज सहित अन्य दुई जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ

जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) जयराज सापकोटाले विप्लवका रामेछाप इन्चार्ज यादव ढुङ्गेल, काभ्रे जिल्ला सदस्यद्वय सुन्दर रायमाझी र अनिल रायमाझीलाई पक्राउ गरेको जानकारी दिए। उनका अनुसार आइतबार बेलुका धुलिखेलबाट रामेछाप इन्चार्ज ढुङ्गेल पक्राउ परेका थिए भने जिल्ला सदस्य रायमाझीद्वय शुक्रबार राति बनेपाबाट पक्राउ परेका थिए ।

याे पनि पढ्नुस  काभ्रेमा ७ हेलिकोप्टर आकस्मिक अवतरण, सबै यात्रु सकुशल

जिल्ला प्रहरी कार्यालय काभ्रेले विप्लब समुहका नेता कार्यकर्ता पक्राउ अभियान शुरु गरेको छ । जिल्लामा सशस्त्र प्रहरी बलको कार्यालय समेत स्थापना भएपछि जिल्लामा जनपथ र सशस्त्र प्रहरीले विप्लब माओवादीका नेता कार्यकर्ताहरूको खोजीलाई तीव्र बनाएको हो ।

रामेछापका इन्चार्ज यादव ढुङ्गेलले भुम्लु गाउँपालिकामा रहेको एनसेल टावरमा आगजनी तथा क्षति पुर्याएको आरोपमा र अन्य दुई जनालाई २०७६ बैशाख ५ गते पनौतीमा विस्फोटक पदार्थ सडकमा राखी सर्वसाधारणलाई त्रसित बनाएको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । गोरखापत्रदैनिकबाट

याे पनि पढ्नुस  काभ्रेमा ७ हेलिकोप्टर आकस्मिक अवतरण, सबै यात्रु सकुशल

कमेन्ट गर्नुहोस्