Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

डेब्यू खेलमै शानदार बलिङ गरेका नवदीप सैनिलाई कारवाही

काठमाडौं, साउन २० । डेब्यू खेलमै शानदार बलिङ गरेका भारतीय बलर नवदीप सैनीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले कारवाही गरेको छ

वेष्ट इन्डिज विरुद्धको पहिलो टी–२० खेलमा आइसीसीको आचार–संहिता उल्लंघन गरेको भन्दै उनीमाथि कारवाही गरिएको हो । साथै सैनीको एक अंक घटाइएको छ ।

फ्लोरिडामा भएको खेलमा सैनीले खेलाडीलाई ‘प्रोभोक’ गर्ने ढंगको आचरण देखाएको आइसीसीको भनाई छ। वेष्ट इन्डिज विरुद्धको चौथो ओभरमा बलिङ गर्दा उनले त्यस्तो आचरण देखाएको भन्दै आइसीसीले कारवाहिका साथ चेतावनी दिएको हो ।

उनलाई सो खेलमा अम्पायर गरिरहेका फिल्ड र तेस्रो तथा चौथो अम्पायरले गरेको निर्णयका आधारमा सो कारवाही गरिएको हो । नवदीपले पनि कारवाही स्वीकारी सकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले सिरिजको पहिलो खेलमा ४ ओभरमा मेडनसहित १७ रन दिएर ३ विकेट लिए । दोस्रो खेलमा भने नवदीपले ३ ओभर बलिङ गर्दै २७ रन दिएर विकेट लिन सकेनन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: