मलेसियामा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई २ स्वर्णसहित ५ पदक

मलेसिया,साउन २०। मलेसियाको क्वालालाम्पुर स्थित स्टेडियाम जुएरामा अगष्ट २ देखि ४ सम्म भएको चौथो जेविन मलेसिया अन्तर्राष्ट्रिय खुल्ला टेक्वान्दो प्रतियोगितामा नेपालले २ स्वर्ण, २ रजत र १ कास्य पदक जीतेको छ ।

प्रतियोगितामा बिजयी तथा सहभागी खेलाडि र टिम मेम्बरहरुलाई मलेसिया स्थित मण्डला रेस्टुरेन्टमा गैर आवासिय नेपाली संघ मलेसियाका बर्तमान महासचिव सुन्दर अालेले दोसल्ला ओढाई सम्मान गरेका थिए ।

उक्त प्रतियोगितामा फाईटर तर्फ १०-१२ बर्ष उमेर समुहमा आयुस ढुंगेल र १२-१४ उमेर समुहमा रिमा खत्रिले नेपालको लागि स्वर्ण पदक जिताएका हुन । यस्तै प्रतियोगितामा ह्याभी वेट तर्फ सोनाम नोर्बु तामाङ र फाईटर तर्हेफ हेमकला जिरेलले रजत र फुन्से तर्फ चन्दु शाहिले कास्य पदक जितेका थिए ।

नेपाली टिम म्यानेजर केशब कुमार कार्की , हेड अफ दि टिम टेमा सिद्धि लामा, कोच सुमन कुमार लामा, कोच श्रीकृष्ण खड्का र मेडिकलपर्शन अन्जु फुयालको नेतृत्वमा नेपालि टिम सहभागी भएको थियो ।

उक्त प्रतियोगितामा जापान, कोरिया, ब्राजिल, चाईना, मलेसिया लगायतका देशबाट समेत सहभागीता रहेको थियो। नेपालको खेलाडिहरुले निकै उत्कृष्ट प्रदर्शन गरेकोले आफु निकै खुसि भएको टिम कोच गणेश पाण्डेले बाताए ।

कमेन्ट गर्नुहोस्