विद्यालय आसपासमा ‘जंगफुड’ किनबेचमा रोक

सिन्धुपाल्चोक, साउन २० । पाँचपोखरी थाङ्पाल गाउँपालिकाले आफ्नो पालिकाभित्रका विद्यालयमा जंगफुड (तयारी खानेकुरा) निषेध गरेको छ। जंगफुटको प्रयोगले विद्यार्थी स्वास्थ्यमा गम्भीर असर पर्ने हुनाले तयारी खानेकुरा निषेध गरिएको हो। गाउँपालिका विद्यालय क्षेत्र भित्रका ५० मिटर वरपर तयारी खानेकुरा बिक्री वितरणमा समेत रोक लगाएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जनाए।

याे पनि पढ्नुस  सिन्धुपाल्चोकमा सवारी दुर्घटनाः एक महिनामा ३३ को मृत्यु, १ सय ५९ जना घाइते

‘विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गरेर हामीले यस्तो निर्णय गरेका हौँ’, उनले भने, ‘आगामी दिनमा यो निर्णय कार्यान्वयनमा जोड दिन्छौं। बालबालिकाको रोजाइमा पर्दै आएको विस्कुट, चाउचाउ, चटपटे लगायत खाद्यान्न पालिकाले विद्यालय हाताभित्र खान निषेध गरेको छ ।’ गाउँपालिकाभित्र ८ वटा सामुदायिक विद्यालय रहेका छन्।

याे पनि पढ्नुस  पोखरीमा हाम फालेर १६ बाँदर मरे

निर्णय कार्यान्वयन गराउन गाउँपालिकाले साउन १९ गते पत्राचार गरेको छ। सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहले स्थानीय सरकार आएपछि शैक्षिक सुधारमा विभिन्न महत्वकांक्षी योजना बनाउँदै आएको छ।

कमेन्ट गर्नुहोस्