एक महिना नबित्दै स्मिताको नयाँ गीत रिलिज हुँदै

काठमाडौंः एक महिना नबित्दै गायिका स्मिता दाहालले अर्को नयाँ गीत बजारमा ल्याउने भएकी छिन् । उनले ‘मायालु तिमी कता छौ’ बोलको नयाँ गीत बजारमा ल्याउन लागेकी हुन् । स्मिताको यो गीत भोलि (मंगलबार) ४ बजे रिलिज हुँदैछ । ‘मायालु तिमी कता छौ’ मा स्मितासँगै आवाजमा राजनराज सिवाकोटीले साथ दिएका छन् ।

गीतमा दिनेश थपलियाको शब्द, राजनराज सिवाकोटीको संगीत रहेको छ । यस्तै स्मिताको यो गीतको म्युजिक भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माले अभिनय गरेका छन् ।

भिडियोलाई सरोज ओलीले निर्देशन, उदयराज पौडेलले एरेन्ज, श्यामस्वेत रसाइलीले मिक्सीङ र सन्देश शाहले सम्पादन गरेका हुन् । गीतमा कन्सेप्ट–कोरियोग्राफी विक्रम स्वाँरले गरेका छन् ।

कमेन्ट गर्नुहोस्