इंग्ल्याण्डविरुद्ध लायनको घातक बलिङ, एक्लैले लिए ६ विकेट

काठमाडौं, साउन २० । इंग्ल्याण्डबीचको एशेज क्रिकेटको पहिलो टेस्ट क्रिकेटमा अस्ट्रेलियाका स्पिनर नाथन लायनले घातक बलिङ गरेका छन् । उनले १७.४ ओभरमा ४४ रन दिएर ६ विकेट लिइसकेका छन् ।

जीतका लागि इंग्ल्याण्डले अन्तिम दिन ३८५ रनको लक्ष्य पाएको छ । ताजा अवस्थामा उसले १३६ रन बनाएको छ । र, अझैं इंग्ल्याण्डले जीत हासिल गर्न २६२ रन बनाउनु पर्नेछ । सिरिज जित्नबाट अष्ट्रेलिया एक विकेटले मात्र पछि छ । दोस्रो इनिङमा स्टिभ स्मिथ र म्याथ्यु वाडेले शतक बनाएपछि अस्ट्रेलियाले इंग्ल्याण्डलाई ३८५ रनको विशाल लक्ष्य दिएको हो । हालसम्म टेस्ट क्रिकेटमा इंग्ल्याण्डले यति ठूलो लक्ष्य भेटाउन सकेको छैन ।

टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया पहिलो इनिङमा २८४ रनमा अलआउट भएको थियो । पहिलो इनिङमा पनि स्मिथले १४४ रन बनाएका थिए । इंग्ल्याण्ड पहिलो इनिङमा २७४ रन बनाउँदा अल आउट भएको थियो । इंग्ल्याण्डका लागि रोरी ब्रुन्सले १ सय ३३ साथै बेन स्टोक्सले ५० रन बनाएका थिए ।

अस्ट्रेलियाले दोस्रो इनिङमा ४ सय ८७ रन बनाएर खेल छाडेको थियो । जसमा स्मिथले १ सय ४२ रन साथै वाडेले १ सय १० रन बनाएका थिए ।

चौथो दिनमा नै आफ्नो दोस्रो इनिङको ७ ओभर खेलेको इंग्ल्याण्डले १३ रन बनाएको छ । ब्याटिङमा रोरी ब्रुन्स र जसन रोय रहेका छन् ।

कमेन्ट गर्नुहोस्