एशेज सिरिजः पहिलो टेस्टमा अष्ट्रेलियाको शानदार जीत

काठमाडौं, साउन २० । इंग्ल्याण्डबीचको एशेज क्रिकेटको पहिलो टेस्ट अस्ट्रेलियाले २५२ रजले जितेको छ । अन्तिम खेलमा ३८५ रनको लक्ष्य पाएको इंग्ल्याण्डले सम्पूर्ण विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो । उसका लागि दोस्रो इनिङमा क्रिस ओक्सले सर्बाधिक ३७ रन बनाए । बलिङमा नाथन लायनले ६ र प्याट कमिन्सले ४ विकेट लिए ।

दोस्रो इनिङमा स्टिभ स्मिथ र म्याथ्यु वाडेले शतक बनाएपछि अस्ट्रेलियाले इंग्ल्याण्डलाई ३८५ रनको विशाल लक्ष्य दिएको हो ।

टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया पहिलो इनिङमा २८४ रनमा अलआउट भएको थियो । पहिलो इनिङमा पनि स्मिथले १४४ रन बनाएका थिए । इंग्ल्याण्ड पहिलो इनिङमा २७४ रन बनाउँदा अल आउट भएको थियो । इंग्ल्याण्डका लागि रोरी ब्रुन्सले १ सय ३३ साथै बेन स्टोक्सले ५० रन बनाएका थिए ।

अस्ट्रेलियाले दोस्रो इनिङमा ४ सय ८७ रन बनाएर खेल छाडेको थियो । जसमा स्मिथले १ सय ४२ रन साथै वाडेले १ सय १० रन बनाएका थिए ।

कमेन्ट गर्नुहोस्