हत्केलामा त्रिकोणको चिन्ह त छैन, थाहा पाउनुस् के हुन्छ यसो भए ?

हाम्रो हातमा कैयन किसिमका चिन्हहरु हुन्छन् । यीमध्ये त्रिकोण या त्रिभुजको चिन्हको विशेष अर्थ हन्छ ।

हस्तरेखा शास्त्रमा त्रिकोणका बारेमा बिभिन्न मतहरु छन् । तर भनिन्छ– जसको हातमा जति ठूलो त्रिकोण चिन्ह हुन्छ, त्यो मान्छे त्यति नै बढी दयालु हुन्छ रे ।

एकचोटी आफ्नो हत्केलामा हेर्नुै त ? त्यहाँ कुन स्थानमा कस्तो खालको त्रिभुज बनेको छ ?

अनि तल लेखिएको हेर्नुस् र थाहा पाउनुस त्यसको रहस्य

१. समुन्द्र शास्त्रका अनुसार, हातमा जति ठूलो त्रिकोण हुन्छ मानिस त्यति नै बढी भाग्यमानी हुन्छ । बढीजसो यस्तो त्रिकोण हत्केलाको बीचमा भागमा हुन्छ ।

२. जसको हत्केलाका बीचमा त्रिभुज हुन्छ, उनीहरु शान्त र मधुर स्वभाका हुन्छन् । यस्ता जातकलाई समाजमा राम्रो मानसम्मान पाइन्छ ।

३. टुटेको या लहर जस्तो बनाएको त्रिकोण भए त्यसले व्यक्तिको चरित्रमा सन्देह पैदा गर्दछ ।

४. हातमा कुनै ठूलो त्रिभुज र त्यसभित्र सानो त्रिभुज बनेको भए त्यो मानिसले उच्च पद प्राप्त गर्दछ ।

५. यदि कुनै मानिसको हातमा शुक्र पर्वतमा त्रिभुज देखिएमा त्यो मानिस मनमोहक र मधुर वाणीको मालिक हुन्छ ।

६. यदि मंगल पर्वतमा त्रिभुज हुन्छ भने त्यो व्यत्तिः साहसी हुन्छ । यस्तो व्यक्ति सैनिक बन्न चाहन्छ ।

७. गुरु पर्वतमा त्रिभुजले व्यक्तिलाई स्वार्थी बनाउँछ । यस्ता मानिस आफ्नो बारेमा मात्रै सोच्ने गर्दछन् ।

८. बुध पर्वतमा त्रिशुल जातकलाई विज्ञानको क्षेत्रमा अग्रणी बनाउँछ ।
९. सूर्य पर्वतमा त्रिभुजले जातकलाई यश दिन्छ । यदि त्रिकोण टुटेको भए अपयस को सामना गर्नुपर्छ ।

कुन भागमा कुन पर्वत पर्छ त ? हेर्नुस यो तस्वीरमा

कमेन्ट गर्नुहोस्