लोकप्रिय बलर डेल स्टेनले लिए टेष्ट क्रिकेटबाट सन्यास

जोहनसबर्ग । दक्षिण अफ्रिका क्रिकेट टीमका महत्वपूर्ण खेलाडी डेल स्टेनले टेष्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् ।

इंग्ल्याण्डविरुद्ध सन् २००४ को खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका डेलले आफ्नो देशका लागि ९३ म्याच खेलेका छन् ।

३६ वर्षीय डेलले आफ्नो करिअरमा ४३९ विकेट लिएका छन् । उनको औसत २२.९५ रहेको छ ।

डेलले साउथ अफ्रिकाको ट्विट अकाउण्टमा लेखेका छन्– “फेरी कहिले टेष्ट नखेल्ने कुरा सोच्नु नै डरलाग्दो कुरा हो । तर फेरी कहिल्यै नखेल्ने कुरा झनै आतंकित पार्ने छ । त्यसैले म एक दिवसीय र टी २० मा भने आफ्नो पूर्ण सक्रियता र क्षमताका आधारमा खेल्ने छु ।”

कमेन्ट गर्नुहोस्