प्रकाण्डको कडा विज्ञप्तीः वार्ता जनक्रान्तिमाथि भीषण दमन र षडयन्त्रको तयारी, एनसेलमाथि थप कार्वाही हुने

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एनसेल कम्पनीमाथि थप कार्वाही गर्ने चेतावनी दिएको छ ।

पार्टीको पछिल्लो नीतिबारे प्र्ष्टीकरण गर्न प्रवक्ता प्रकाण्डले आज जारी विज्ञप्तीमा एनसेलले आफ्ना गतिविधि नसच्च्याए थप कार्वाही गर्ने चेतावनी दिइएको हो ।

सरकारले वार्ताको कुरा अघि सारेर जनक्रान्तिमाथि भीषण दमन र षडयन्त्र गर्न खोजेको बताउँदै प्रकाण्डले वार्ताप्रति सरकार गम्भीर नभएको र औपचारिक पहल समेत नगरेको आरोप लगाएको छ ।

पार्टीभित्र कतिपय नेता तथा कार्यकर्तालाई जिम्मेवारी मुक्त गरिएको विषयलाई गलतरुपमा प्रचार गरिएकोमा प्रकाण्डले आक्रोश व्यक्त गरेका छन् । पार्टी र क्रान्तिको ऐतिहासिक आवश्यकताका आधारमा गरिएको निर्णयलाई “वार्ता पक्षधर तथा विवादाष्पद व्यक्तिलाई कार्वाही गरेको” भन्दै प्रचार गरिएकोमा आपत्ती व्यक्त गर्दै प्रकाण्डले उक्त निर्णय क्रान्तिका पक्षमा भएको दावी समेत गरेका छन् ।

पढनुस पूर्ण विज्ञप्ती

कमेन्ट गर्नुहोस्