धोनी सेनाको ड्यूटीमा व्यस्त

काठमाडौंः भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनी क्रिकेट खेलदेखि केही मात्रामा टाढा भएका छन् । तर, खाली समयको सदुपयोग गर्दै उनले सेनामा आफ्नो ड्यूटी सुरू गरेका छन् । उनी सेनाको लेफ्टिनेन्ट कर्नेल (मानद उपाधि) हुन् ।

धोनीले अहिले दक्षिण कश्मिरमा ट्रेनिङ्ग गर्दै आएका छन् । उनी प्यारासुट रेजिमेन्टको ‘१०६ प्यारा टेरिटोरियल आर्मी बटालियन’को हिस्सा हो । जो ‘विक्टर फोर्स’का हिस्सा हो । ट्रेनिङ्गको अवसरमा धोनीले गरेको क्रियाकलापको एक विडियो भाइरल भएको छ । ट्रेनिङ्गमा धोनीले साथीहरूसँग भलिबल खेल्दै गरेका छन् ।

धोनीले सेनामा १५ दिन ड्यूटी गरेका थिए । जसमा उनी दिन रात तैनाथ भएर काम गरेका थिए । उनीसँग देशका भिविन्न भागमा रहेका ७ सय जना सैनिक रहेका छन् ।

कमेन्ट गर्नुहोस्