Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

निमावि तहः सुदूरपश्चिम र मध्यपश्चिमाञ्चल क्षेत्रको गणित विज्ञान विषयको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं, साउन २० । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको खुला तर्फको अन्तिम नतिजा आजदेखि सार्वजनिक गर्न सुरु गरेको छ । आयोगले पहिलो दिन आज कम्प्युटर, पेशा व्यवसाय, स्वास्थ्य शारिरीक र संस्कृत भाषाको अन्तिम नतिजा सार्वजनिक गरेको छ । यस्तै आयोगले आजै सुदूरपश्चिम र मध्यपश्चिमाञ्चल क्षेत्रको गणित विज्ञान विषयको नतिजा पनि सार्वजनिक गरेको छ ।

सुदूरपश्चिमको गणित विज्ञान विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
मध्यपश्चिमाञ्चलको गणित विज्ञान विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
४ वटै विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

गतवर्षको असोजमा लिखित परीक्षा र गएको असार दोस्रो हप्ता अन्तर्वार्ता भएको थियो । अन्तर्वार्ता भएको महिना दिन बितिसक्दापनि आयोगले निमावि तहको नतिजा सार्वजनिक गर्न सकेको थिएन ।

निमावि तहको लागि मुख्य विषयमा देशभर १६३५ पदमा विज्ञापन भएकामा ६०९६५ ले आवेदन दिएका थिए । जसमध्ये २ हजार २४७ लिखित परीक्षा उत्तीर्ण गरि अन्तर्वार्तामा सहभागी भएका थिए ।

निमावि तहमा क्षेत्रीय रुपमा विषयत परीक्षा भएको थियो । नेपाली विषयमा ४६० पदमा भएको विज्ञापनमा १२ हजार ५०९ लिखित परीक्षामा सहभागी भएका थिए । जसमा ४१० जनाले लिखित परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागी भएका थिए ।

यसैगरी, गणित विषयमा २५० पदमा भएको विज्ञापनमा ५ हजार ४६२ परीक्षामा सहभागी भई उत्तीर्ण २८६ जनाले अन्तर्वातामा सहभागीता जनाएका थिए । यस्तै, विज्ञान विषयमा १८० पदमा भएको विज्ञापनमा १ हजार ८१२ ले परीक्षामा सहभागिता जनाएकामा २६१ उत्तीर्ण भई अन्तर्वार्तामा सहभागिता जनाएका आयोगका प्रशासकीय प्रमूख डा। तुलसी थपलियाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: