Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

लोक सेवाविरुद्ध आन्दोलन जारी

काठमाडौं, साउन २१ । लोक सेवा आयोगले स्थानीय तहका लागि आवश्यक कर्मचारीको विज्ञापन प्रकाशित गर्दा सङ्घीयताको मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरीत खुलाएको भन्दै आदिवासी जनजाति, मधेसी, पिछडिएका समुदायले विरोध जारी राखेको छ ।

आरक्षण बचाऔँ आन्दोलनका लागि सोमबार सामाखुसी रानीबारीमा नेपाल तामाङ घेदुङको नेतृत्वमा आन्दोलन परिचालन समिति बनेको छ । सामाखुसी तामाङ परिवार कोषको सदस्यहरूसँग आयोजित छलफलपछि समितिको संयोजक रामकृष्ण ब्लोन, सचिवालय सदस्य रामभक्त बोम्जन तोकिएको घेदुङका अध्यक्ष मोहन गोलेले जानकारी दिए ।

आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्ति र पिछडिएको क्षेत्र तथा पहिचानमा आधारित सङ्घ संस्थाहरूले ‘आरक्षण बचाऔँ आन्दोलन’का लागि ऐक्यबद्ध भई विरोध गरिरहेका छन् । यो समाचार गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: