पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध

बैतडी, साउन २१ । वर्षाका कारण पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ। महाकाली राजमार्गको सतँबाझ–गोकुलेश्वर सडकखण्डअन्तर्गत डिलाशैनी गाउँपालिका–६ बांगाबगरमा पहिरो खस्दा मंगलबार बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो।

पहिरोले सवारी साधन आवतजावत पूर्ण रुपमा रोकिएको ट्रकका चालक शेरसिंह कार्कीले जानकारी दिए। सडकमाथि ठूलो पहिरो खसेकाले राजमार्ग सञ्चालनमा समय लाग्ने बताइएको छ। सडक अवरुद्ध भएर हुँदा काठमाडौं, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दार्चुला, बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका यात्रु अलपत्र परेका छन्।

याे पनि पढ्नुस  पहिरोले घर पुरिँदा एकै परिवारका ६ जनाको मृत्यु

भारी वर्षा भइरहेकाले पहिरो तत्तकाल पन्छाउन नसकिने बैतडीका प्रहरी प्रवक्ता दीपक पातलीले बताए। उक्त पहिरो रोक्ने व्यवस्था नहुँदा वर्षायाम बर्सेनि सडक अवरुद्ध हुँदै आएको छ।

कमेन्ट गर्नुहोस्