उत्तराखंडः बिधार्थी बोकेको भ्यान भिरबाट खस्दा ९ बिधार्थीको मृत्यु ८ घाइते

काठमाडौं, साउन २१ । टिहरी जिल्लाको प्रतापनगर-कंगसाली-मदननेगी मोटर मार्गमा बच्चा बोकेर स्कुल गइरहेको गाडी अनियंत्रित हुँदा भिरबाट तल खसेको थियो । जसमा ९ बच्चाको मृत्यु भएको छ भने ८ बच्चा घाइते अबस्थामा रहेका छन् ।

जानकारीका अनुसार घटना टिहरी जिल्लाको प्रतापनगर ब्लकको रहेको छ । र आज बिहान यो घटना घटेको हो भन्ने जान्कारी पाइएको छ । घटना घटे लगत्तै त्यहाँ एसडीआर, पुलिस र प्रशासनको टीम गइ राहात र उद्दार कार्य गरेको थियो ।

भ्यानमा जम्मा १७ बच्चा रहेका थिए
जानकारीका अनुसार भ्यानमा जम्मा १७ बच्चा रहेका थिए । घटनामा अहिले सम्म मृतक र घाइतेको पहिचान हुन सकेको छैन । अधिकारीका अनुसार २ बच्चाको घटना स्थलमै घटना घटे लगत्तै ज्यान गएको भनाइ रहेको छ ।

बाँकी बच्चाको उपचारका क्रममा अस्पतालमा ज्यान गएको थियो । अधिकारीका अनुसार घटनामा ९ बच्चा रहेका थिए र ८ बच्चा गम्भिर रुपमा घाइते रहेका छन् । घाइतेको जिल्ला अस्पताल टिहरीमा उपचार भइरहेको अधिकारीले जनाएका छन्

कमेन्ट गर्नुहोस्