भारतलाई सिरिज ‘क्लिन स्विप’ गर्ने मौका, सम्भावित प्लेइङ ११

काठमाडौं, साउन २१ । भारत र वेस्टइण्डिजबीचको तेस्रो तथा अन्तिम टि–२० खेल आज हुँदैछ । यी दुई टिमबीचको खेल नेपाली समय अनुसार राति ८ः१५ बजेदेखि सुरु हुँदैछ । यदि आजको खेल भारतले जिते उसले सिरिज ‘क्लिन स्विप’ गर्नेछ ।

सिरिजको पहिलो खेलमा ४ विकेटले विजयी भएको भारत दोस्रो खेलमा डीएल मेथड अनुसार २२ रनले जीत दर्ता गरेको थियो ।

याे पनि पढ्नुस  भारतले ब्याटिङ रोज्यो, को–कोले पाए प्लेइङ ११ मा मौका?

भारतले अहिलेसम्म विदेशी भूमिमा ३–० ले सिरिज एक पटक मात्रै जितेको छ । भारतले २०१६ मा अस्ट्रेलियाविरुद्धको सिरिज ३–० ले जितेको थियो ।

भारतको सम्भावित प्लेइङ ११ः रोहित शर्मा, लोकेश राहुल (विकेट कीपर), विराट कोहली, श्रेयस अय्यर, मनीष पाण्डे, क्रुणाल पांड्या, दीपक चाहर, राहुल चाहर, वाशिङटन सुन्दर, भुवनेश्वर कुमार र नवदीप सैनी।

याे पनि पढ्नुस  वेस्ट इन्डिजविरुद्ध केएलको अर्धशतक, रोमाञ्चक बन्दै खेल

वेस्ट इन्डिजको सम्भावित प्लेइङ ११ः जन क्याम्पबेल, इभन लुईस, शिमरोन हिटमायर, निकोलस पूरन, किरण पोलार्ड, रोमन पावेल, कार्लोस ब्रार्थवेट (कप्तान), कीमो पउल, सुनील नरेन, शेल्डन कोट्रेल र ओशन थमस।

कमेन्ट गर्नुहोस्