राजधानीबाट विप्लवका केन्द्रीय सदस्यसहित ३ जना पक्राउ

साउन २१, काठमान्डौ | नेत्रविक्रम चन्द विप्लव समूहका केन्द्रीय सदस्यसहित तीन जनालाई राजधानीबाट प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको बत्तीसपुतलीमा पार्टीको रणनीति बनाउने क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार केन्द्रीय सदस्य डम्बरबहादुर विक, वैकल्पिक केन्द्रीय सदस्य मकर गुरुङ र उमा गुरुङलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनामाथि अनुसन्धान थालिएको महाशाखाले जनाएको छ।

पक्राउ परेकामध्ये डम्बरबहादुर गुरुङले पार्टीले निष्कासन गरेको भनिए पनि त्यसको आधिकारिक पुष्टि हुन भने सकेको छैन। उमाको हाल पार्टीको हैसियत खुलेको छैन। उनी प्रचण्ड माओवादीमा हुँदा पाँच वर्षअघि तमु मुक्ति मोर्चाको केन्द्रीय सदस्य थिइन्।

कमेन्ट गर्नुहोस्