१८ वर्षअघि पढाइ छोडेका विद्यार्थीलाई विशेष परीक्षाकाे मौका

काठमाडौं, २१ साउन। त्रिभुवन विश्वविद्यालयले १८ वर्षअघि पढाइ छोडेका विद्यार्थीलाई विशेष मौका भन्दै परीक्षामा सहभागी हुन अनुरोध गरेको छ। त्रिभुवन विश्वविद्यालयले २०५८ सालपछि विशेष कारणले परीक्षा छुटेका विद्यार्थीका लागि मौका परीक्षा खुलाएको छ। स्नातकोत्तर, स्नातक र प्रवीणता प्रमाणपत्र तहमा व्यावहारिक र थेसिस छुटेका विद्यार्थीका लागि परीक्षा दिन पाउने मौका परीक्षाको सूचना त्रिविले निकालेको हो ।

याे पनि पढ्नुस  एमबिबिएस ‘इन्ट्रान्स’ परीक्षा रोक्न सर्वोच्चको आदेश

त्रिविले विगतको प्रविणता प्रमाणपत्र तह, स्नातक र स्नातकोत्तर तहको केही विषयमा उत्तीर्ण भएपनि अन्य विषयमा अनुत्तीर्ण विद्यार्थीलाई यस्तो मौका दिन लागेको हो। त्रिवि प्राज्ञिक परिषदको जेठ ५ गते यो निर्णय गरेको भए पनि परीक्षा नियन्त्रण कार्यालयले भने भर्खरै सूचना जारी गरेको हो।

याे पनि पढ्नुस  एमए दोस्रो वर्षको नतिजा सार्वजनिक

जसअनुसार परीक्षाको समय सीमा नाघेको तर, सम्पूर्ण सैद्धान्तिक विषय उत्तीर्ण गरी शोधपत्र, प्रयोगात्मक परीक्षा र शिक्षण अभ्यास बाँकी रहेका विद्यार्थी यो कार्यक्रममा सहभागी हुन पाउनेछन्। त्रिवि मुलुकको सबैभन्दा ठूलो र पुरानो विश्वविद्यालय हो। तर, यहाँका धेरै विद्यार्थी परीक्षामा उत्तीर्ण हुन नसकेर बीचैमा पढाइ छोड्ने गरेका छन्।

याे पनि पढ्नुस  खनियाँको विवादस्पद निर्णय फिर्ता, विदेशी विद्यार्थीलाई प्रवेश परीक्षा अनिवार्य

कमेन्ट गर्नुहोस्