मोटरसाइकलको ठक्करबाट ६५ वर्षीय यादवको मृत्यु

दाङ | दाङको देउखुरीमा मोटरसाइकलको ठक्करबाट गढवा ५ सोनपुरुवा निवासी ६५ वर्षीय गंगाराम यादवको मृत्यु भएको छ ।| खुट्टा र हातमा चोट लागेका यादवको उपचारको क्रममा सोमबार राति ९ बजेतिर लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दामोदर सडकखण्ड अन्तरगत गढवा-कालाकाटेको बाँकी चोकमा मोटरसाइकलले यादवलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय घोराही दाङले जानकारी दिएको छ ।

याे पनि पढ्नुस  बससँग अटो रिक्सा ठोक्किँदा एकको मृत्यु, ११ जना घाइते

मोटरसाइकल चालक गढवाको पर्नाहा निवासी १८ वर्षीय रोहित चौधरीलाई ईलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको छ।

कमेन्ट गर्नुहोस्