Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

थम्मन रीयो छमछमीको टप १२ मा पुगे

धनगढी, साउन २१ । कैलालीको धनगढी उप–महानगरपालिका ५ हसनपुरका थम्मन ताडी ‘टक्की’ रियो छमछमी नृत्य प्रतियोगिताको टप १२ मा पर्न सफल भएका छन् ।

अहिले रियो छमछमी नृत्य प्रतियोगिता भइरहेको छ । राष्ट्रब्यापीरुपमा भइरहेको प्रतियोगितामा थम्मन सुदूरपश्चिमबाट सहभागी छन् । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले यस प्रदेशको सम्भावना र प्रतिभालाई सहयोग गर्न आग्रह गरेका छन् ।

सामान्य परिवारमा जन्मीएका टक्कीले सबै लाई सहयोगको लागि अनुरोध गरेका छन् । थम्मनकी आमा मिनादेवी ताडी सबैलाई सहयोगका लागि अनुरोध गर्दै मंगलबार धनगढी उप–महानगरपालिका पुगेकी थिईन ।

थम्मनका लागि भोटिङ्ग गर्न मोवाईलको म्यासेज बक्समा गई CC <space >12 टाईप गरी 31009 मा म्यासेज गर्नुपर्ने हुन्छ । भोटिङ्ग गर्ने समय २०६७ साउन १८ गते बेलुकी १० बजेदेखि श्रावण २३ गते राति १० बजेसम्म रहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: