देउवाकै गृहजिल्लाका तीन दर्जन कांग्रेस नेता समाजवादी पार्टीमा प्रवेश

डडेल्धुरा, साउन २१ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका ३ दर्जन बढी कांग्रेस नेताकार्यकर्ता समाजवादी पार्टीमा प्रवेश गरेका छन्।

समाजवादी पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा मङ्गलबार आयोजित पार्टी प्रवेश समारोहमा अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले नवप्रवेशी नेता तथा कार्यकर्तालाई अबिर टिका लगाएर पार्टीमा स्वागत गरे।

डडेल्धुराका सक्रिय नेता लक्ष्मण सिंहको नेतृत्वमा दर्जनौं नेता कार्यकर्ता कांग्रेस परित्याग गरी समाजवादी पार्टीमा प्रवेश गरेका हुन्। समाजवादीमा प्रवेश गर्नेमा सदानन्द पाठक, दीपेश भट्ट, रोहित पाठक, पुरूषोत्तम उपाध्यायसहित ललितपुरका समाजसेवी सविना कायस्थ, इन्दिरा शाक्यलगायत सक्रिय नेता कार्यकर्ता छन्।

कांग्रेसको नीति सिद्धान्त र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टी जाहेर गर्दै समाजवादी पार्टी प्रवेश गरेको नवप्रवेशीले बताएका छन्।

कमेन्ट गर्नुहोस्