Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

धनगढी बम विष्फोटः घाइते सेरेला डिस्चार्ज लगत्तै पक्राउ

कैलाली, साउन २१ । धनगढीमा भएको बम विष्फोटका घाइते लक्ष्मण सेरेलालाई प्रहरीले पक्राउ गरेको छ। २० दिनसम्म प्रहरी निगरानीमै धनगढी माया मेट्रो अस्पतालमा उपचार गराइरहेका कञ्चनपुर बेलडाँडी गाउँपालिका ५ झिलमिला घर भएका सेरेलालाई प्रहरीले अस्पतालबाट डिस्चार्ज भएलगत्तै पक्राउ गरेको हो ।

‘बम विष्फोटमा सेरेलाको संलग्ता देखिएको छ’, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उरीक्षक दक्षकुमार बस्नेतले भने, ‘घट्नाको थप सोधपुछ गरिने छ।’ साउन २ गते धनगढी सहिद गेट नजिक मिलन होटलमा भएको बम विष्फोटमा सेरेला घाइते भएका थिए।

उनी बझाङ जयपृथ्वी नगरपालिका १४ का रामबहादुर सिंहले बोकेको बम विष्फोट हुँदा घाइते भएका थिए।

राम सिंहको साउन २ गते राति उपचारका क्रममा मृत्यु भइसकेको छ। सेरेला र सिंह सरकारद्वारा प्रतिबन्धित विप्लव समूहका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: