कांग्रेस नेता सिंह अस्पताल भर्ना

काठमाडौं, साउन २१ । नेपाली कांग्रेसका पूर्व उपसभापति प्रकाशमान सिंह अस्पताल भर्ना भएका छन्। ज्वरोका साथै सुगर बढेपछि पूर्व उपसाभापति सिंह सोमबार काठमाडौंस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका हुन्।

उनका स्वकीय सचिव युपी लामिछानेका अनुसार नेता सिंहलाई ज्वरो, शरीरमा चिनीको मात्रा बढ्नुका साथै पिसाबसम्बन्धी समस्या देखिएको छ ।

‘आज बिहानबाट स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ, चिकित्सकले विशेष निगरानी गरिरहनुभएको छ,’ लामिछानेले भने।

कमेन्ट गर्नुहोस्