सेलिब्रिटीदेखि सर्वसाधारणको रोजाइमा सिभिल मलको योङ्कर्स क्लोथिङ

काठमाडौँ, साउन २१ । सबैलाई राम्रो, स्मार्ट, ह्यान्डसम बन्ने चाहना हुन्छ अनि सस्तोमा ब्राण्डेड कपडा, जुत्ताहरु लगाउने रहर पनि हुन्छ ।

जसको लागि सिभिल मलको दोस्रो तल्ला सप न. २२४ मा रहेको योङ्कर्स क्लोथिङ स्टोर्सले सबैको सपना साकार परेको छ । सेलिब्रेटीदेखि सर्वसाधारणको भीड हुने उक्त सपमा हरेक ब्रान्डेड सामानमा ५० प्रतिशतसम्म छुटको व्यवस्था छ ।

ब्यबसायी श्रीमिला श्रेष्ठ र गौरबकुमार श्रेष्ठले संचालन गरेको योङ्कर्स क्लोथिङ स्टोर्स सबैको आकर्षण तथा रोजाइमा परेको छ । प्रायः नेपाली सेलिब्रेटीहरुको रोजाइमा परेको उक्त सपमा जेन्सलाइ चाहिने सम्पूर्ण क्लोथिङ आइटमहरु उपलब्ध छ । जस्तै विभिन्न ब्राण्डका जुत्ताहरु, कपडाहरु, बेल्ट, पर्स, ब्यागदेखि लिएर हरेक जेन्स सामानहरु उपलब्ध छन् ।

विगत लामो समयदेखि व्यवसायको अनुभव बटुलेका दम्पतीले ब्रान्डेड सामानहरु सस्तोमा उपलब्ध गराउदै आएका छन् भने सिभिल मलको दोस्रो तल्लामा नै डिस्कभर आर्किड नर्सरी समेत संचालन गर्दै आएका छन् । जहाँ घर, अफिस सजावट गर्नको लागि नेचुरल प्लाण्टको बिक्री गर्दै आएका छन् । वातावरणलाई स्वच्छ बनाउन, तनाव माइण्डलार्इ रिफ्रेश बनाउनको लागि समेत उपयुक्त हुने नेचुरल प्लाण्टहरु उपलब्ध हुने कुरा संचालक श्रीमिला श्रेष्ठले बताइन ।

उक्त पसलमा प्लाण्टलार्इ चाहिने सम्पूर्ण सामग्रीहरु समेत उपलब्ध गराउने गरिएको छ । नर्सरीको उत्पादन भने लोकन्थली भक्तपुरबाट हुने गरेको छ । सिभिल मलको दोश्रो तल्लामा ८०० स्कवायर फिटमा फैलिएको उक्त योङ्कर्स क्लोथिङ स्टोर हेर्दा समेत निकै आकर्षक छ । सामाजिक सेवामा समेत सक्रिय दम्पत्तीले कार्य व्यस्तताको कारण योङ्कर्स क्लोथिङ स्टोर बिक्रीमा समेत राखिएको जानकारी गराएका छन् ।

उक्त योङ्कर्स क्लोथिङ स्टोरको लागि थप जानकारी तथा विशेष छुटका साथमा सामान खरिद गर्नको लागि ९८४९२१६९२८ मा सम्पर्क गर्न सकिने छ ।

कमेन्ट गर्नुहोस्