सरकारले हिटलर शैलीको सिको गर्न खाेज्याे- सभापति देउवा

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले हिटलर शैलीको सिको गर्न खोजेको भन्दै अालाेचना गरेका छन् ।

नेपाल पत्रकार महासंघ कास्कीले मंगलबार पोखरामा गरेको कार्यक्रममा देउवाले वर्तमान सरकार दुईतिहाइको दम्भमा कानुनहरु बनाउँदै सत्ता कब्जाको रणनीतिमा लागेको आरोप लगाए ।

सभापति देउवाले सन्चार, मानवअधिकार र सेनालाई आफ्नो नियन्त्रणमा राख्न खोज्नुले सरकार स्वतन्त्रता र प्रजातन्त्रविरुद्ध काम गरिरहेको स्पस्ट भएको जिकिर गरे ।

उनले प्रजातन्त्रको रक्षाका लागि कांग्रेसले जनतालाई दुःख नदिइ शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनीसमेत दिए ।

कार्यक्रममा प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मानबाट पत्रकार रवीन्द्रनाथ बास्तोलालाई पुरस्कृत गरिएको थियो ।

कमेन्ट गर्नुहोस्