Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

संविधान संशोधनको औचित्यमाथि सञ्चारमन्त्रीको प्रश्न, प्रदेश २ सरकारको आलोचना

जनकपुर । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रदेश नं. २ ले आफ्नो जिम्मेवारी बहन गर्नुभन्दा अनावश्यकरुपमा एक कदम अघि बढन खोजेको बताएका छन् ।

आज जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै बास्कोटाले संविधान संसोधनको आवश्यकता र औचित्य पुष्टि भएमा मात्रै संशोधन गर्न सकिने समेत बताए ।

“वर्तमान संविधान अहिलेसम्मकै उत्कृष्ट रहेको छ ।” उनले भने, “त्यसलाई आवश्यकता र औचित्यको आधारमा संशोधन गरिने छ ।”

मधेसवादी दलहरुले भने मधेसका मुद्दा नसमेटिएको भन्दै संविधान घोषणा भएदेखि नै बिरोध गर्दै आएका छन् ।

मन्त्री बास्कोटाले संविधान कार्यान्वयनतर्फ लाग्न सुझाव समेत दिए । तीन तहकै सरकारले आ–आफ्ना जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्नुपर्ने बताउँदै मन्त्री बाँस्कोटाले प्रदेश २ सरकार जिम्मेवारी छाडेर एक कदम अगाडि बढ्न खोजेको आरोप लगाए ।

सञ्चारमन्त्री बांस्कोटाले विकास नै प्रमुख प्राथमिकतामा भएकाले बजेटको समयमै सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

उनले प्रदेश २ मा नेपाल रेल्वे, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल,मदन भण्डारी राजमार्ग,कोशी करिडोर, नारायणी करिडोरलगायतका परियोजनाहरु सञ्चालनमा ल्याएको जानकारी दिए ।

सरकारका मन्त्रीहरुले गर्ने कामको मूल्यांकन पनि स्वयं नेपाली जनताले नै गर्ने उनको भनाइ थियो ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले नेपाली प्रेसलाई विश्वसनीय बनाउन नियमनको अवधारणा अघि सारेको र नियमनका क्रममा तानाशाही नभई लोकतान्त्रिक प्रक्रियालाई आत्मसात् गरिनेछ भन्नुभयो ।

उहाँले मिडिया काउन्सिल विधेयक अवश्य आउँछ भन्दै भ्रमको खेती गरी अब नेपाली पत्रकारिताले फड्को मार्न नसक्ने स्थितिको बोध सबैले गर्नु जरुरी भएकातर्फ ध्यानाकर्षण गराउनुभयो ।

सरकार पत्रकारको हितका लागि सधैँ अग्रसर भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “पुरानो तरिकाले पत्रकारिता मौलाउन सक्दैन, पत्रकारले आफँै सुधार गर्नुपर्दछ ।”

मन्त्री बाँस्कोटाले सङ्घीय सरकारले प्रदेश नं २ सँग पक्षपात नगरी न्यायप्रणालीको शुरुआत गरेको उल्लेख गर्दै सिङ्गो तराईको विकासका लागि बृहत् विकासका परियोजना कार्यान्वयन गरेको स्पष्ट गर्नुभयो ।

हिँड्दै जाने पाइला मेटिँदै जाने प्रवृत्तिबाट मुक्तिको आवश्यकतामा जोड दिँदै उहाँले राजनीतिको रोटी सेक्ने दिन गयो, अब जनतामाझ गरिएको वाचालाई साकार पार्न अग्रसर हुनुपर्दछ भन्नुभयो ।

मन्त्री बाँस्कोटाले भन्नुभयो, “अब जनताको निगरानीमा सरकार सञ्चालन भइरहेका कारण अल्झिने र अल्झाउने कसैलाई पनि छुट छैन, उपलब्धिलाई उपलब्धिका रूपमा ग्रहण गर्नुपर्दछ ।”

उहाँले नेपालको मिडियाले अब राजनीति मात्र लेख्ने होइन, विकास निर्माणको अनुगमनतर्फ पनि लेखन गरी सहीको वकालत र गलतलाई उजागर गर्नु आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रमा निराशा होइन, उत्साहको सिर्जना हुने खोजमूलक पत्रकारिता आजको आवश्यकता हो भन्दै मन्त्री बाँस्कोटाले अब विकास, प्रगति र अग्रगति राष्ट्रिय एजेण्डालाई प्राथमिकता दिनुपर्ने खाँचो औँल्याउनुभयो ।

मन्त्री बाँस्कोटाले मिडियाले सरकारको योजना र जनताको चाहनाबीचको अवरोधलाई उजागर गरी गतिशील र तीव्रता दिने वातावरण निर्माणमा टेवा पु¥याउनु जरुरी भएको बताउनुभयो । उहाँले चुरेको डरलाग्दो दोहन रोक्न सङ्घ र प्रदेश सरकारको प्रयास आवश्यक रहेको धारणा पनि राख्नुभयो ।

पत्रकार सम्मेलन शाखाका अध्यक्ष अनिल मिश्रको अध्यक्षतामा भएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: