चीन र रुसले दिए अमेरिकालाई धम्कीः एशिया प्यासिफिकमा मिसाइल तैनाथ गरे चुप लागेर नबस्ने

बेइजिङ । चीनले अमेरिकालाई कडा धम्की दिएको छ । अमेरिकाले हिन्द–प्रशान्त क्षेत्रमा मध्यम दूरीको मिसाइल तैनाथ गरेमा चीन चुप लागेर नबस्ने बताएको छ ।

अमेरिकाले केही महिनाभित्रै हिन्द प्रशान्त क्षेत्रमा मध्यम दूरीको मिसाइल तैनाथ गर्ने योजना बनाएको छ ।

उता रुसले समेत अमेरिकालाई कडा चेतावनी दिंदै अमेरिकाले मिसाइल जडान गरे आफूले पनि गर्ने बताएको छ । शीतयुद्दकालिन सम्झौताको मिति समाप्त भएपछि हतियारको होडबाजीको सम्भावना झन बढेको हो ।

रुस र अमेरिकाबीच सने १९८९ मा मध्यम दूरीका परमाणु बल सन्धी (आइएनएफ)माथि सम्झौता भएको थियो । यस अन्तर्गत दुबै देशले परमाणु हतियारको तैनाथी गर्न प्रतिबन्धित थिए । गत शुक्रबार सन्धीको म्याद समाप्त भएको छ ।

चीनको मुख्य सस्त्र नियन्त्रण अधिकारीले छिमेकी देशहरुलाई समेत अमेरिकालाई मिसाइल जडान गर्ने अनुमति नदिन चेतावनी दिएका छन् ।

कमेन्ट गर्नुहोस्