टि–२० सिरिजः किरण पोलार्डलाई जरिवाना

एजेन्सीः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले वेस्ट इन्डिज क्रिकेट टिमका अलराउन्डर किरण पोलार्डलाई जरिवाना गरेको छ ।

भारत विरुद्धको टि–२० सिरिजको दोस्रो खेलमा अम्पायरको आदेश पालना नगरेको भन्दै आईसीसीले पोलार्डलाई जरिवाना गरेको हो ।

उनले म्याच फीको २० प्रतिशत जरिवाना तिनुपर्ने आईसीसीले जनाएको छ । साथै पोलार्डको खातामा एक डिमेरिट अंकसमेत जोडिएको छ । उनले आइसीसी आचार संहितको २.४ को उल्लंघन गरिएको बुझिएको छ ।

याे पनि पढ्नुस  सीपीएलः गेलको टिमको लगातार चौथो हार, भोलि सन्दीपको टिमसँग भिड्ने

कमेन्ट गर्नुहोस्