स्मिताको “मायालु तिमी कहाँ छौ” सार्वजनिक, एक घण्टामैं २० हजार बढीले हेरे युट्युबमा (भिडियोसहित)

काठमाडौं, गायिका स्मिता दाहालको अर्को नयाँ गीत सार्वजनिक भएको छ ।

शुभ मिडिया हाउसको प्रस्तुतीमा स्मिता दाहाल तथा राजन राज शिवाकोटीको स्वर रहेको ‘मायालु तिमी कहाँ छौ” गीत आज डिजिटलरुपमा रिलिज गरिएको हो ।
आज अपरान्ह पौने पाँच बजे गज्जबको टेलिभजनको युट्युब च्यानलमार्फत गीतको औपचारिक रिलिज भएको छ ।

स्मिताको स्वरमा रहेको गीतको भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माको कुशल अभिनय देख्न सकिन्छ । उत्कृष्ट छायांकन रहेको गीतलाई दिनेश थपलियाले रचना गरेका हुन ।

४ बजे रिलिज हुने भनिएको गीत केही ढिला गरि रिलिज भएको थियो । तर रिलिज भएको आधा घण्टा नबित्दै १० हजार बढीले गीत हेरिसकेका छन् ।
हेर्नुस गीत

कमेन्ट गर्नुहोस्