दिग्गज क्रिकेटर भिटोरीलाई न्यूजिल्याण्डले दियो यस्तो सम्मान

काठमाडौंः न्यूजिल्याण्डका दिग्गज क्रिकेटर ड्यानिअल भिटोरीलाई न्यूजिल्याण्ड क्रिकेट (एनजेडसी)ले अनौठो सम्मान दिएको छ।

राष्ट्रिय टोलीका पूर्व कप्तान एवं बयान हाते स्पिनर भिटोरीका उपलब्धिहरूको सम्मानमा उनले लगाउने गरेको ११ नम्बरको जर्सीलाई पनि रिटायर गरिने भएको छ।

त्यसका साथै एनजेडसीले देशका लागि २०० भन्दा बढी एकदिवसीय क्रिकेट खेल खेल्ने सबै खेलाडीहरूका जर्सीहरूलाई पनि रिटायर गर्ने घोषणा गरेको छ।

याे पनि पढ्नुस  अत्यधिक गर्मीमा क्रिकेट नियममा यस्ता परिवर्तन गर्न सुझाव

भिटोरीले न्यूजिल्याण्डका लागि २९१ एकदिवसीय खेल खेलेका छन्, जसबाट उनले ३०५ विकेट झार्नुका साथै २२५३ रन समेत बनाएका छन्।

चालिस वर्षका भिटोरीले ११३ टेस्ट खेलहरूबाट ३६२ विकेट लिएका छन् भने ४५३१ रन पनि बनेका छन्।

उनले आफ्नो खेल क्यारिअरमा ६ शतक र २३ अर्ध शतक लगाएका छन्। न्यूजिल्यांडले १४ अगस्टदेखि श्रीलंकाविरुद्ध खेल्न दुई टेस्ट खेलको शृंखलाका लागि खेलाडीहरूका जर्सीहरूको घोषणा गर्ने क्रममा यस्तो फैसला सुनाएको हो ।

याे पनि पढ्नुस  अत्यधिक गर्मीमा क्रिकेट नियममा यस्ता परिवर्तन गर्न सुझाव

कमेन्ट गर्नुहोस्