Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

२ वडा जोड्ने जुम्लाको तिला नदीको पुल भाँचिँदा सम्पर्क विच्छेद

जुम्ला, साउन २१ । कर्णाली राजमार्गबाट तातोपानी गाउँपालिका-४,पहिलेको हाँकु गाविस जोडिएको मुलबाटोको काठेपुल भाँचिदा वडा नम्बर ४ र ५ बीच सम्पर्क टुटेको छ । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार तिला नदीमा वडा नम्बर ४ बाट कर्णाली राजमार्गतिर आउन जोडिएको पुरानो काठेपुल भाँचिएको र बाटो अवरुद्ध भएको छ ।

पहिलेको हाँकु गाविस-हाल तातोपानी गाउँपालिका-४ र ५ जोडने मुलबाटोको काठे पुल तिला नदिले बगाएको प्रमुख जिल्ला अधिकारी बञ्जाडेले जानकारी दिए ।

उनका अनुसार पुलको भाँचिए पनि कुनै मानवीय क्षति भने भएको छैन । जिल्ला प्रशासन कार्यालयका अनुसार त्यस क्षेत्रमा सुरक्षाकर्मी खटाइएको र त्यताबाट आवत जावत नगर्न सर्वसाधारणलाई सूचना जारी गरिएको छ ।

यो क्षेत्रमा तातोपानी गाउँपालिकाका पाँचवटा गाउँहरु हाँकु, नियापानी, पत्थेनी, गरीखोला र पाडेबाडा गाउँहरु पर्दछन् । गाउँपालिका र राजमार्गबीच सम्पर्क टुटेपछि समस्या भइरहेको तातोपानी गाउँपालिकाका नायब सुब्बा अंगराज डाँगीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: