एकिकरणका काम सकिए लगत्तै विशाल अभियान सुरु हुन्छः महासचिव पौडेल

बुटवल, साउन २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले छिट्टै पार्र्टी एकिकरणका सम्पूर्ण काम सम्पन्न हुने बताउँदै उत्साहका साथ काममा खट्न आफ्नो पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।

बुटवलमा मंगलबार नेकपा रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ कमिटीको आयोजनामा भएको पार्टीका अगुवा कार्यकर्ताको बृहद् भेलालाई सम्बोधन गर्दै उनले एकिरणका काम सकिए लगत्तै नागरीकबीच पुग्न बिशाल अभियान सञ्चालन हुने जानकारी गराए । ‘त्यति बेला शान्ति , विकास र संवृद्धिका कुरा लिएर पार्टीका सबै नेता,कार्यकर्ता जनतामा जाने छौं,’ उहाले भन्नुभयो, ‘हातमा हात र साथमा साथ मिलाएर अगाडि बढेका छौं र बढ्ने छौं ।’

याे पनि पढ्नुस  प्रधानमन्त्रीको स्वास्थ्य बुझ्न नेकपा महासचिव पौडेल सिंगापुर उडे

नेता पौडेलले एकताबाट पार्टी ठूलो बनेपछि कोही पनि नेता कार्यकर्ता जिम्मेवारी र दायित्वबाट बाहिर बस्नु नपर्ने बिश्वस्त तुल्याए । त्यसकै लागि एकीकरण टुंगीए लगत्तै एउटै योजना विचार र शक्ति लिएर बिशाल अभियानका साथ सबै नेता तथा कार्यकर्ता नागरीकको घरदैलोमा विकासको अभियान लिएर जाने दोहोर्याए । पार्टी एकिकरणमा भएको ढिलाईप्रति कोही पनि निराश हुनुपर्ने कारण नभएको उहाले बताए । हतारमा टुंग्याएर फुर्सदमा पछुताउने अवस्था नल्याउन एकता प्रक्रियामा बिबेकपूर्ण काम भइरहेको भन्दै महासचिब पौडेलले समय लागेपनि परिपक्क र सहमतीका साथ निर्णय भएकाले अब एकता प्रक्रियाबाट पछाडि फर्कनु नपर्ने बताए ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न सिंगापुर जाँदै गौतम र पौडेल

नेता पौडेलले एकता प्रक्रियाका बाँकी काम पनि बिबेकपूर्ण ढंगबाटै अघि बढेकाले अब कसैले पनि एकता रोक्न, हल्लाउन र भत्काउन नसक्ने बताए । उनले पाटी अध्यक्ष दुइवटा भए पनि एउटै सोच र मान्यता लिएर हिडेकाले यसमा शंका नगर्न आग्रह गर्दै भने, ‘उहाँहरूका दुईवटा टाउको भए पनि एउटै शरीर छ, ठीक ढङ्गले सुरु भएको एकता ठीक ढंगले अघि बढेको छ र ठीक ढंगले नै पूरा हुँदैछ ।’

याे पनि पढ्नुस  नेकपा बैठकः ११ बुँदे प्रस्ताव पारित गर्दै सकियो (प्रस्तावसहित)

पाटी सदस्यलाई सधैं सर्वोपरी राखेको बताउँदै उनले पाटीको नेतृत्व कस्तो रहने, नीति कस्तो निर्माण गर्ने भन्नेमा सदस्यहरूलाई निर्णायक बनाउने बताए । यसअघि बुटवलमा सञ्चालित कालिका क्याम्पसको अत्याधुनिक भवन शिलान्यास समारोहमा बोल्दै पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले अर्थपूर्ण र प्रभावकारी विकास निर्माणकालागि नागरिक निगरानी आवश्यक रहेको बताए ।

कमेन्ट गर्नुहोस्