लद्दाखलाई अलग राज्य बनाउने निर्णयको चीनद्वारा बिरोध, सहमतिको उल्लंघन गरेको आरोप

बेइजिङ, भारतको मोदी सरकारले जम्मु र कश्मिरबाट लद्दाखलाई अलग गरेको विषयमा चीनले आपत्ती व्यक्त गरेको छ । जम्मु र कश्मिरलाई संविधानप्रदत्त विशेष राज्यको मान्यता खारेज गरी दुई अलग राज्य बनाउने भारत सरकारको निर्णयप्रति चीनले आपत्ती जनाएको हो । मंगलबार बेइजिङमा पत्रकार सम्मेलनको आयोजना गर्दै चिनियाँ परराष्ट्र प्रवक्ता ह्वा छुनयिङले चीन तथा भारत सीमा क्षेत्रको पश्चिमी भागको चिनियाँ भूखण्डलाई भारतशासित क्षेत्रको परिधिमा राखेको विषयमा बिरोध जताइन । यो विषयलाई चीनले उहिल्यैदेखि विरोध गर्दै आइरहेको बताइन्।

याे पनि पढ्नुस  भारतीय सेनाको विषयमा विवादास्पद ट्‌विट गरेपछि सीएसकेका टिम डाक्टर निलम्बित

भारतीय सरकारले घोषणा गरेको लद्दाख केन्द्र शासित क्षेत्र हुनेबारे उनले चीनको भू-भागसँग सम्बन्धित रहेको सो क्षेत्रसम्बन्धी पत्रकारको जिज्ञासामा यस्तो धारणा राखेकी हुन्। प्रवक्ता ह्वाले भनिन्, ‘चीनले सधैं नै भारतको सो प्रवृत्तिको विरोध गर्दै आएको छ र यसमा चीन सदैव अडिग, निश्चयी र कसैगरी पनि अपरिवर्तनीय धारणामा उभिएको छ।’

याे पनि पढ्नुस  लकडाउन हटाइएकै दिन चीनमा फेरि देखियो कोरोना

सीमा समस्याका सन्दर्भमा विगतमा भएका सहमतिको पालना गर्नुपर्ने पनि प्रवक्ता ह्वाले बताइन्। सतर्कतापूर्वक बोली र व्यवहारमा गम्भीर हुन पनि ह्वाले ताकिता गरेकी छन्। ुचीन र भारतबीच सम्पन्न सम्बद्ध सिद्धान्तको अक्षरशस् पालना गर्न पनि भारतलाई चीनले अनुरोध गरेको छु, परराष्ट्र प्रवक्ता ह्वाले भनिन्।

भारतको मोदी सरकारले संविधानले जम्मु र कश्मिरलाई दिएको विशेष अधिकार खोस्दै लद्दाखलाई समेत केन्द्र शासित प्रदेशको रुपमा राख्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गरेको थियो । त्यसअघि ठूलो संख्यामा कश्मिरमा सेना परिचालन गर्दै प्रस्ताव ल्याउनुको अघिल्लो राती विपक्षी नेताहरुलाई नजरबन्द समेत गरेको थियो । अहिले यो निर्णयको पक्ष र विपक्षमा भारतमा ठूलो बहस सिर्जना भएको छ ।

कमेन्ट गर्नुहोस्