टेस्ट वरियताः स्मिथ उक्लिए तेस्रो स्थानमा, को–को परे पछि?

काठमाडौं, साउन २१ । अष्ट्रेलिया क्रिकेट टिमका अनुभवी ब्याट्सम्यान स्टिभ स्मिथ टेस्ट क्रिकेट वरियतामा तेस्रो स्थानमा उक्लिएका छन् ।

१६ महिनापछि टेस्टमा फर्किएका उनले भारतीय ब्याट्सम्यान चेतेश्वर पुजारालाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएका हुन् ।

स्मिथले इंग्ल्याण्ड विरुद्धको एशेज सिरिजमा लगातार २ शतक बनाएका थिए । उनको ९०३ अंक रहेको छ ।

याे पनि पढ्नुस  टेस्ट वरियताः शीर्ष स्थानमा कायमै स्मिथ, निकै पछि परे विराट

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली ९२२ अंककासाथ टेस्ट वरियतामा शीर्ष स्थानमा छन् । यस्तै न्यूजिल्याण्डका कप्तान केन विलियम्सन ९१३ अंककासाथ दोस्रो स्थानमा छन् ।

कमेन्ट गर्नुहोस्