अनुच्छेद ३७० हटाउँदा फाइदा हेल्मेट कम्पनीलाई, यस्तो गर्यो घोषणा

नयाँ दिल्ली । भारतीय जनता पार्टीको बहुमत प्राप्त सरकारले जम्मु र कश्मिरलाई विशेष राज्यको दर्जा दिएकोमा कतिपयले राष्ट्रवादी कदम भन्दै स्वागत गरिरहेको बेला यसको सबैभन्दा बढी फाइदा भने एउटा हेल्मेट कम्पनीलाई भएको छ ।

एशियाका सबैभन्दा ठूलो हेल्मेट कम्पनी स्टीलबर्ड हाइटेक ले यो अनुच्छेद हटाउने निर्णय लगत्तै कश्मिरमा हेल्मेट निर्माणको फ्याक्ट्री स्थापना गर्ने प्रस्ताव अघि सारेको छ ।

स्टीलबर्डले सरकारको निर्णयको स्वागत गर्दै यसबाट कश्मिरमा नयाँ औद्यौगिक क्रान्ति शुरु हुने र रोजगारमा बृद्धि हुने बताएको छ ।

स्टीलबर्डका अध्यक्ष सुभास कपुरले अनुच्छेद ३७० हटाउन प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले उठाएको बहुप्रतिक्षित कदम बताएका छन् । उनले यो शानदार कदमले कश्मिर भारतको मुख्यधारामा समावेश हुने देशको सामूहिक विकासको हिस्सा बन्ने बताएका छन् ।

योसँगै भारतीय जनता पार्टी निकट अन्य उद्योगहरुले समेत कश्मिरलाई निशाना बनाउन सक्ने सम्भावना देखिएको छ । यसले यो निर्णयका पछाडि बजारको स्वार्थ जिम्मेवार रहेको तर्क समेत दिन थालिएको छ ।

कमेन्ट गर्नुहोस्