Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

टि–२० सिरिजः भारतले टस जित्यो, अन्तिम खेलमा रोहितलाई विश्राम

काठमाडौं, साउन २१ । वेस्ट इन्डिज विरुद्धको टि–२० सिरिजको अन्तिम खेलमा पनि भारतले टस जितेको छ । अघिल्लो खेलमा टस जितेर ब्याटिङ रोजेको भारतले आज भने बलिङ रोजेको छ ।

सिरिजमा भारत २–० ले अगाडि छ । यदि आजको खेल जिते भारतले सिरिज क्लिन स्विप गर्नेछ । पिच हिलाम्य भएकाकारण ढिला गरि खेल सुरु भए पनि २०–२० ओभरकै हुने भएको छ ।

भारतको प्लेइङ ११ः लोकेश राहुल, शिखर धवन, ऋषभ पन्त, विराट कोहली, मनीष पाण्डे, क्रुणाल पांड्या, दीपक चाहर, राहुल चाहर, वाशिङटन सुन्दर, भुवनेश्वर कुमार र नवदीप सैनी।

वेस्ट इन्डिजको प्लेइङ ११ः इभन लुईस, सुनील नारायाण, शिमरोन हिटमायर, निकोलस पूरन, किरण पोलार्ड, रोमन पावेल, कार्लोस ब्रार्थवेट (कप्तान), कीमो पउल, शेल्डन कोट्रेल, फावेन आलेन र ओशन थमस।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: