भाजपा र माेदी हिटलरकाे बाटाेमा– ईमरान खान, पाक प्रम

एजेन्सीः पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतमा सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) ले विगतमा जर्मनीको नाजी पार्टीले जस्तै जातीय श्रेष्ठतावादी विचारधारा बोकेर अघि बढिरहेको आरोप लगाएका छन्।

भारतले जम्मू-कश्मीरको विशेष हैसियत खोसेको विषयमा छलफल गर्न डाकिएको पाकिस्तानी संसद्‌को संयुक्त सत्रलाई सम्बोधन गर्दै खानले कश्मीरका जनतालाई बराबरी नसम्झिएको र त्यसकारण ती निरन्तर दबाइने गरिएको बताए।

यसरी दबाइँदा त्यहाँका जनताले प्रतिक्रिया जनाउने र पुलवामा जस्तो हमला फेरि हुने अनि फेरि पाकिस्तानमाथि दोष लगाइने उनले बताए।

याे पनि पढ्नुस  तनावकैबीच पाकिस्तानद्वारा ब्यालेष्टिक मिसाइल परीक्षण

कश्मीरमा ‘जातीय सफाया’ गर्ने र त्यहाँको जनसङ्ख्याको चरित्रलाई परिवर्तन गर्ने तयारी भइरहेको प्रधानमन्त्री खानले बताए।

चेतावनी

उनको टिप्पणीबारे भारतले अहिलेसम्म कुनै प्रतिक्रिया जनाइसकेको छैन। कश्मीरको स्वामित्व पाकिस्तानले पनि दाबी गर्दै आएको छ।

पाकिस्तानको सिनेटका विदेश मामिला समितिका सभापति मुसाहिद हुसैनले भने, “हामीलाई लाग्छ इजरेलका नेतान्याहुले प्यालेस्टाइनको वेस्ट ब्याङ्कमा जसो गरे कश्मीरमा भारतले त्यस्तै गर्न खोज्दैछ।”

“जस अनुसार त्यहाँका बहुसङ्ख्यक मुस्लिम समुदायलाई अन्यत्रका मानिसहरू खासगरी हिन्दूहरूको बसोबास तीव्र तुल्याएर अल्पसङ्ख्यकमा परिणत गरिनेछ।”

याे पनि पढ्नुस  आफ्नो हवाई क्षेत्रमा भारतीय विमानहरूलाई पूर्ण बन्देज गर्ने तयारीमा पाकिस्तान

पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाज्वाले उक्त विवादित क्षेत्रका मानिसलाई समर्थन गर्न सेना जुनसुकै हदसम्म जान सक्ने चेतावनी दिएका छन्।

यसैबीच भारतको लोकसभा र राज्यसभाले जम्मू-कश्मीर पुनर्गठन विधेयक पारित गरेका छन्।

लोकसभामा पक्षमा ३७० र विपक्षमा ७० मत खसेको बताइएको छ। प्रमुख प्रतिपक्षी कांग्रेस आईका कैयौँ नेता पार्टीको अडानविरुद्ध गएका छन्।

याे पनि पढ्नुस  पाकिस्तानमा हिन्दू प्रधानाध्यापकमाथि 'ईशनिन्दा'को आरोप लागेपछि सामाजिक सञ्जाल मा यस्तो प्रतिक्रिया

भारत सरकारले सोमवार जम्मू-कश्मीर राज्यलाई विशेष दर्जा दिने संविधानको धारा ३७० खारेज गरेपछि शुरू भएको बहस जारी छ।

भारतले जम्मू-कश्मीरलाई विशेष दर्जा दिनुको पछाडि ऐतिहासिक कारण छ जुन सन् १८४७ मा महाराजा गुलाब सिंहले ब्रिटिश इस्ट इन्डिया कम्पनीसँग जम्मू-कश्मीर किनेदेखि शुरू हुन्छ।
बिबिसी नेपाली डट कमबाट

खारेज गरिएको धारा ३७० को ऐतिहासिक पृष्ठभूमि बुझ्न सहजताका लागि बीबीसीले तयार गरेको समयरेखा:

कमेन्ट गर्नुहोस्