पोखरीमा भेटियो २ युवकको शव

लमजुङ, साउन २१ । लमजुङको बेंसीसहर नगरपालिका–५ र ३ को सीमाना भेरे डाँडाको फिरफिरे खोलामा दुई युवाको शव भेटिएको छ । फेला परेका शवहरू मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानीका २४ वर्षीय विकास बिक र बेंसीसहर नगरपालिका-३ गाउँ सहरका १९ वर्षीय रुकेश बिकको रहेको प्रहरीले बताएको छ ।

याे पनि पढ्नुस  लमजुङ केन्द्र बनाएर बिहानै भूकम्पको धक्का

प्रहरीका अनुसार विकासको शव पोखरीमा तैरिएको अवस्थामा सोमबार राति ८ बजेतिर फेला परेको थियो । गाउँलेले देखेपछि प्रहरीलाई खबर गरेका थिए । रुकेशको शव भने मंगलबार बिहान पोखरीमा फेला परेको प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले बताए । उनका अनुसार दुवै शव पोष्टमार्टमका लागि लमजुङ जिल्ला सामुदायिक अस्पतालमा राखिएको छ । उनका अनुसार घटना कसरी भयो भन्ने बारे अनुसन्धान भइहरेको छ ।

याे पनि पढ्नुस  लमजुङ केन्द्र बनाएर बिहानै भूकम्पको धक्का

आफन्तका अनुसार मामाघर बस्दै आएका विकास शनिबार बिहान ११ बजेतिर घर (सिम्पानी) जान्छु भनेर निस्किएका थिए । आइतबार घरमा फोन गर्दा नआएको बताएपछि खोजी गरिएको विकासकी माइजु कुमारीले जानकारी दिइन् । पोखरीमा डुबेको अवस्थामा विकासको शव देखेपछि स्थानीयले आफन्त र प्रहरीलाई खबर गरेका थिए ।

याे पनि पढ्नुस  लमजुङ केन्द्र बनाएर बिहानै भूकम्पको धक्का

कमेन्ट गर्नुहोस्