निमावि तहः हेर्नुस् आज कुन–कुन विषयको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं, साउन २१ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको खुला तर्फको अन्तिम नतिजा साेमबारदेखि सार्वजनिक गर्न सुरु गरेको छ । नतिजा सार्वजनिक गर्ने क्रममा आयोगले आज विभिन्न जिल्लाको गणित विज्ञान र गणित विषयको नतिजा प्रकाशित गरेको हो ।

पश्चिमाञ्चल क्षेत्रको गणित विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

पूर्वाञ्चलको गणित विज्ञान विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
सुदूरपश्चिमको गणित विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
मध्यपश्चिमाञ्चलको गणित विज्ञान विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

याे पनि पढ्नुस  शनिबार प्रा.वि तहको ५ जिल्लाको नतिजा सार्वजनिक (नामसहित)

पश्चिमाञ्चल क्षेत्रको गणित विज्ञान विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

पूर्वाञ्चलको गणित विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
मध्यमाञ्चलको गणित विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

गतवर्षको असोजमा लिखित परीक्षा र गएको असार दोस्रो हप्ता अन्तर्वार्ता भएको थियो । अन्तर्वार्ता भएको महिना दिन बितिसक्दापनि आयोगले निमावि तहको नतिजा सार्वजनिक गर्न सकेको थिएन ।

याे पनि पढ्नुस  सोमबार ५ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नामसहित)

निमावि तहको लागि मुख्य विषयमा देशभर १६३५ पदमा विज्ञापन भएकामा ६०९६५ ले आवेदन दिएका थिए । जसमध्ये २ हजार २४७ लिखित परीक्षा उत्तीर्ण गरि अन्तर्वार्तामा सहभागी भएका थिए ।

निमावि तहमा क्षेत्रीय रुपमा विषयत परीक्षा भएको थियो । नेपाली विषयमा ४६० पदमा भएको विज्ञापनमा १२ हजार ५०९ लिखित परीक्षामा सहभागी भएका थिए । जसमा ४१० जनाले लिखित परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागी भएका थिए ।

याे पनि पढ्नुस  प्राथमिक तहको नतिजाको रोल नम्वर संशोधन (सूचनासहित)

यसैगरी, गणित विषयमा २५० पदमा भएको विज्ञापनमा ५ हजार ४६२ परीक्षामा सहभागी भई उत्तीर्ण २८६ जनाले अन्तर्वातामा सहभागीता जनाएका थिए । यस्तै, विज्ञान विषयमा १८० पदमा भएको विज्ञापनमा १ हजार ८१२ ले परीक्षामा सहभागिता जनाएकामा २६१ उत्तीर्ण भई अन्तर्वार्तामा सहभागिता जनाएका आयोगका प्रशासकीय प्रमूख डा। तुलसी थपलियाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्