भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन

काठमाडौं, साउन २१। भारतकी पूर्व विदेश मन्त्री एवं सत्तासीन दल बीजेपीकी वरिष्ठ नेता सुषमा स्वराजको निधन भएको छ।

मंगलबार साँझ छातीमा दुखै अनुभव गरेकी स्वराजलाई उपचारका लागि राजधानी दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान- एम्समा लागिएको थियो ।

चिकित्सकहरूले हृदयाघातका कारण उनको निधन भएको घोषणा गरेका थिए । स्वराज केही समय यता अस्वस्थ थिइन् ।

६६ वर्षकी स्वराजलाई भारतभरि प्रखरवक्ताको रूपमा लिने गरिन्छ ।

एप्रिल १९९० मा राज्यसभा सदस्यबाट राजनीतिक यात्रा सुरु गरेकी स्वराज १९९६ मा निर्वाचन जितेर उनी बाजपेयी नेतृत्वको सरकारमे सूचना एवं प्रसारण मन्त्री बनेकी थिइन् ।

मोदीको पहिलो कार्यकालमा उनी विदेशमन्त्री थिइन् । तर स्वास्थमा प्रतिकूलताका कारण उनले २०१९ को निर्वाचनमा भाग लिइनन् ।

स्वराजको मृगौला प्रत्यारोपण गरिएको थियो ।
भारतीय प्रधानमंत्री मोदीले ट्विट गर्दै स्वराजको निधन आफ्नै लागि निजी क्षति भएको बताएका छन् ।

बीजेपीभित्र उनलाई बाजपेयीपछिको कुशलवक्ताको रूपमा लिने गरिन्छ ।

कमेन्ट गर्नुहोस्