कश्मीर, अमेरिका र उत्तर-कोरिया दुनियाँमा आज कहाँ के भयो ?

हङकङः हङकङमा दुई महिनादेखि जारी आन्दोलनमा सहभागीमध्ये १ सय ४८ प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५३ जना महिला र ९५ जना पुरुष छन् । जसमध्ये १३ वर्षसम्मका बालबालिका समेत परेका छन् ।

दुई महिनादेखि यहाँ ‘प्रो डेमोक्रेट्स’को आन्दोलन नियमित चल्दैआएको छ । प्रहरीले भने अश्रुग्याँस आक्रमण गर्दैआएको छ । एक अध्यागमन विधेयकको विरोध गर्दै सुरु भएको यहाँको आन्दोलनले विश्वकै ध्यान तान्न थालेको छ । पछिल्लो समय चीनले पनि प्रदर्शनकारीलाई हिंसा भड्काउने तत्वको संज्ञा दिँदै धम्की दिँदैआएको छ ।

उत्तर कोरिया जानेलाई अमेरिकाको कडाइ

वासिङ्टन स् उत्तर कोरिया भ्रमण गरिसकेका यात्रुका लागि अमेरिकाले विना अनुमति प्रवेशमा कडाइ गरेको छ । २०११ यता उत्तर कोरिया जाने मानिस यदी अमेरिकामा भएको खण्डमा उसले अब पर्यटक वा बिजनेस भिसाको लागि आवेदन दिनुपर्ने छ ।

याे पनि पढ्नुस  शक्तिशाली समुद्री आँधी डोरिअन अमेरिका पुग्यो

पछिल्लो ८ वर्षमा उत्तर कोरिया जाने यात्रुका लागि अमेरिकाले सहज अनुमतिमा कडाइ गरेको हो । २०११ यता उत्तर कोरिया, लिबिया, सिरिया सहित ८ देश भ्रमण गर्नेहरुले फेरि अमेरिकामै रहनको लागि टुरिस्ट वा बिजनेश भिसाको आवेदन दिनुपर्ने भएको हो ।

अफगानिस्तानमा तालिबानको धम्की

काबुल स् अफगानिस्तानमा हुने भनिएको निर्वाचनका लागि गरिएको प्रचारको विरोध गर्दै तालिबानले धम्की दिएको छ । सेप्टेम्बर २८ मा हुने भनिएको राष्ट्रपतीय चुनाव रोक्न तालिबान समूहले चेतावनी दिएको हो । राजनीतिक दलका नेताहरुले चुनावी प्रचार गरिरहँदा तालिबानको धम्की आएको हो । अफगानिस्तानमा एक वर्षको अवधिमै २ पटकसम्म चुनावको मिति सारिँदैआएको हो ।

कंगोमा डुंगा दुर्घटना हुँदा ११ को ज्यान गयो, ५० बेपत्ता

कंगोः कंगोमा एक डुंगा दुर्घटना हुँदा ११ जना को मृत्यु भएको छ । अरु दर्जनौँ हराइरहेका छन् । यात्राको क्रममा रहेका १६ जना भने पौडिएर बाँच्न सफल भएका छन् । स्थानीय मिडियाका अनुसार ११ जनाको मृत शरीर भेटिएको र ५० जना हराएका हुन् । राजधानी किन्साला नजिकै मंगलबार दुर्घटना भएको हो ।

याे पनि पढ्नुस  वृद्धको भेषमा अमेरिका जान लागेका एक युवक पक्राउ

वार्ताको लागि प्रतिबन्ध फुकाउनुपर्ने इरानको शर्त

तेहरानः इरानका राष्ट्रपति हसन रौहानीले यदी अमेरिकाले इस्लामिक गणतन्त्रमाथिको प्रतिबन्ध फुकुवा गरेको खण्डमा वार्ता गर्न आफू तयार रहेको बताएका छन् । वार्ताको लागि अमेरिकाले सबै किसिमका प्रतिबन्ध फुकुवा गर्नुपर्ने उनको शर्त छ । यसअघिको प्रयास असफल भए पनि अबको वार्ता सम्भव भएको उनले शंकेत गरेका थिए । यदी अमेरिकाले यदी साँच्चिकै वार्ता गर्न तयार भए प्रतिबन्ध फुकुवा गर्नुपर्ने शर्त उनले अघि सारेका हुन् ।

याे पनि पढ्नुस  अफगानिस्तान युद्धः अमेरिकाले २० हप्ताभित्र ५४ सय सेना फिर्ता लैजाने सहमति

भेनेजुएलामाथि अमेरिकाको आर्थिक प्रतिबन्ध

वासिङ्टनः अमेरिकाले भेनेजुएलामाथि आर्थिक प्रतिबन्ध लगाएको छ । राष्ट्रपति डोनल्ड ट्रम्प्ले यससम्बन्धी आदेशमा हस्ताक्षर गरेका हुन् । आदेशपत्रमा भेनेजुएलाका राष्ट्रपतिले मानवअधिकार उल्लंघन गरेको तथा शक्तिको दुरुपयोग गरेको भन्दै प्रतिबन्ध लगाइएको उल्लेख छ ।

इमरान खान भन्छन्ः भाजपा हिटलरको नाजी जस्तै भयो

इस्लामाबादः पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको सत्तारुढ दल भारतीय जनता पार्टीलाई हिटलरको नाजी पार्टीजस्तै भएको टिप्पणी गरेका छन् ।
मंगलबार खानले संसदलाई सम्बोधन गर्दै यसो भनेका हुन् । भारतले कश्मीरको विशेषधिकार कटौती गरेपछि त्यसलाई पाकिस्तानी नेता खानले गम्भीर खतराको शंकेत भन्दैआएका छन् । उनले संयुक्त राष्ट्रसंघीय प्रावधानलाई समेत भारतले उल्लंघन गरेको औंल्याएका छन् । यसका लागि अन्तर्राष्ट्रिय मध्यस्तता चाँडै खाँचो भएको उनले बताए । एजेन्सी ।

कमेन्ट गर्नुहोस्