भारतद्वारा वेस्ट इन्डिज विरुद्धको टि–२० सिरिज ‘क्लिन स्विप’

काठमाडौं, साउन २२ । वेस्ट इन्डिज विरुद्धको टि–२० सिरिज भारतले ‘क्लिन स्विप’ गरेको छ । सिरिजको अन्तिम खेलमा मंगलबार वेस्ट इन्डिजलाई ७ विकेटले हराउँदै भारतले ‘क्लिन स्विप’ गरेको हो । अन्तिम खेलमा वेस्ट इन्डिजले दिएको १४७ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको भारतले १९.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

याे पनि पढ्नुस  भारतविरुद्ध वेस्ट इन्डिजले टस जित्यो, टिममा को–कोले पाए मौका?

उसका लागि ऋषभ पन्तले ४ छक्का र ४ चौकाको मद्दतमा ४२ बलमा ६५ रनको विष्फोटक प्रदर्शन गरे । यस्तै कप्तान विराट कोहलीले ५९, केएल राहुलले २०, शिखर धवनले ३ र मनीष पाण्डेले नटआउट २ रन बनाए । बलिङमा ओसेन थोमसले २ र फाबियन आलेनले एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४६ रन बनाए ।

याे पनि पढ्नुस  बुमराहले लिए ह्याट्रिक विकेट, वेस्ट इन्डिजविरुद्ध भारत बलियो अवस्थामा

उसका लागि किरण पोलार्डले ५८, रोभमन पावेलले नटआउट ३२, किनोलश पूरनले १७, कार्लोस ब्रार्थवेट र इभन लुईसले १०–१० रन बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा भारतका दीपक चाहरले ४ ओभरमा मेडनसहित ४ रन दिएर ३ विकेट लिए । यस्तै नवदीप सैनिले २ र राहुल चाहरले एक विकेट लिए ।

याे पनि पढ्नुस  टि–२० सिरिजः स्कटल्याण्डले रच्यो इतिहास, नेदरल्याण्ड्लाई दियो २५३ रनको लक्ष्य (LIVE)

कमेन्ट गर्नुहोस्