काठमाडौंको माइतीघर मण्डलामा सकेट बम फेला

काठमाडौं, साउन २२ । काठमाडौंको माइतीघर मण्डलामा सकेट बम फेला परेको छ। माइतीघर मण्डलास्थित सेन्टजेभियर्स कलेज अगाडि बुधबार बिहानै सकेट बम फेला परेको महानगरीय पहरी परिसरका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए।

बम राखेको स्थान नेपाली सेनाको मुख्यालय भद्रकाली केही मिनेटको दूरीमा रहेको छ। सकेट बम भेटिएलगत्तै पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले त्यसलाई निष्क्रिय पारेको छ। बम कसले राख्यो भन्ने अहिलेसम्म खुलेको छैन। सुवेदी घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताए।

याे पनि पढ्नुस  काठमाडौंमा भेटियो सेतो काग, चराविद् परे छक्क

कमेन्ट गर्नुहोस्