अहिलेसम्मकै उच्च सुनको भाऊ

काठमाडौं, साउन २१ । साताको चौथो दिन बुधबार पनि बजारमा फेरि सुनको मूल्य १५ सय रुपैयाँले बढेको छ ।

मंगलबार सुन प्रतितोलामा ६८ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज पनि १५ सय रुपैयाँले बढेर ६९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

याे पनि पढ्नुस  आज कस्तो छ सुनको मूल्य अवस्था ?

मंगलबार सुन प्रतितोला ६७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बढेर सुन प्रतितोला ६९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

यसैगरी, बुधबार बजारमा चाँदीको मूल्य पन्ध्र रुपैयाँले बढेको छ ।

मंगलबार चाँदी तोलामा ७ सय ९५ रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर चाँदी तोलामा ८ सय १० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

याे पनि पढ्नुस  फेरि बढ्यो सुनको भाऊ, अहिलेसम्मकै उच्च

कमेन्ट गर्नुहोस्