Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चाबहिल–बौद्ध सडकमा खेप्नुपरेको सास्ती

काठमाडौं, साउन २२ । संघीय सरकारको राजधानीमै पर्ने चाबहिल–बौद्ध सडकखण्ड छेउछाउ बसोबास गर्ने नागरिक, त्यस क्षेत्रमा व्यवसाय गर्नेमात्र होइन, हिँड्डुल गर्ने सर्वसाधरण जहिल्यै समस्यामा पर्छन्।

यस सडकखण्डमा घाम लाग्दा धुलो उड्छ, पानी परे हिलाम्य हुन्छ । यो समस्या वर्षौंदेखिको हो । अहिले यस सडकखण्डको छेउछाउ ठूलठुला पाइपले भरिएको छ । कतै ढल फुटेर निस्किएको पानीले सडक जलाम्य भएको छ । यात्रीहरु हिलो छल्दै हिँड्न बाध्य छन् । डोजर लागाएर सडकमा भएको पाइपलाई छेउ लगाएर सवारी जाम खोल्न ट्राफिक प्रहरी व्यस्त देखिन्छन् । चावहिलको यो सडकको जात्रा चलि नै रहेको छ । तर, यहाँ जाँदा कतै केही काम भएको देखिँदैन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: