तिलागुफा नगरपालिकाद्वारा एम्बुलेन्स खरिद

कालीकोट, साउन २२ । तिलागुफा नगरपालिकाले एम्बुलेन्स खरिद गरेको छ । यो जिल्लाकै पहिलो मा नै एम्बुलेन्स हो ।

नगरपालिकाभित्रका नागरिक बिरामी हुँदा बोकेर लैजानुपर्ने बाध्यता रहेको त्यसलाई हटाउन एम्बुलेन्स खरिद गरेको नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए । एम्बुलेन्स नेपाल सरकारको राजस्व छुट गराएर १२ लाख रुपैयाँ खरिद प्रमुख शाहीले जानकारी दिए ।

जिल्लामा नै एम्बुलेन्स नभएका बेला नगरपालिकाले किनेर राम्रो काम गरेको तिलागुफा नगरपालिका–६ गाल्जेका जनकबहादुर शाहीले बताए । ‘९ वटा स्थानीय तह भएको कालीकोटमा कुनै स्थानीय सरकारले खरिद गरेका थिएनन् । बिरामी पर्दा डोकोमा बोक्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘नागरिकलाई सेवा दिन नगरपालिकाले एम्बुलेन्स किन्नु राम्रो काम हो ।’

नगरपालिकाले नगरभित्रका नागरिकलाई निःशुल्क एम्बुलेन्सले सेवा दिने जनाएको छ। ड्राइभर र एम्बुलेन्स मर्मत खर्च कसरी मिलाउने र निःशुल्क सेवा दिनेबारे नगरपालिका कार्यपालिकाको बैठकले तय गर्ने नगर प्रमुख शाहीले बताए।

कमेन्ट गर्नुहोस्